Header Ads

दुई फरक जातिय संस्कृतिबिच मौलाएको प्रेम कथा ...मोर सजना

काठमाडौँ । गायक सुनिल दवाडीको मोर सजना बोलको गीतको भिडियो रिलिज गरिएको छ । 

 गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतले नेपाली र थारु संस्कृतिबिच मौलाएको प्रेम कथालाई भिडियोले देखाउन खोजेको छ ।  


भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमीका थारु समुदायकी भ एर पनि उनीहरुबिच झाँगिएको प्रेम र रोमान्सलाई भिडियोमा निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा देखाएका छन् । 

उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिकक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी (इन्डिया)को मिक्सिगं तथा मास्टरिग रहेको छ । 

 भिडियोमा विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ । अलिशा र विकाश एक अर्कासँग रोमान्टिक बनेका दृश्यहरु समावेश गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।

 सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो । 

सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
 
Powered by Blogger.